१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । कर्णाली प्रदेश अस्पतालमा उपचाररत २२ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(२ निवासी युवकको बिहीबार साँझ ५ बजे मृत्यु भएको हो । मृत्युपछि ७ बजे उनको रिपोर्ट पोजेटिभ आएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार असोज २८ गते शौचालयमै बेहोस भएका उनलाई आफन्तले झारफुक गर्न लिएका थिए । झारफुकले ठिक नहुँदा त्यसपछि मात्रै देउती अस्पताल पुर्याएका हुन् ।

अस्पताल पुर्याएका उनको अवस्था जटिल भएपछि २८ गते राति ११ बजे प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । श्वास्प्रश्वासमा समस्या भएकोले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बिहीबार साँझ मृत्यु भएको हो ।

यससँगै कर्णालीमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १२ पुगेको महाशाखाले जनाएको छ ।