काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २१ रहेको छ । यससँगै हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमण निको हुनेहरुको संख्या ८८ हजार ४० पुगेको छ । आज देशभर ७७ जना संक्रमितहरुको भेन्टिलेटरमा उपचार भइराखका छन् ।
कोभिड १९ को बिरामीको उपचारमा प्रत्यक्ष रुपमा खटिएका स्वास्थ्यकर्मीलाई कोभिड १९ पोजेटिभ देखियो वा लक्षणहरु देखियो भने मात्रै क्वारेन्टाइन अथवा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको प्रवक्ता गौतमले बताउनुभयो । यसअघि अधिकांश अस्पतालमा एक साता काम गरेपछि अर्को साता आइसोलेसन वा क्वारेन्टाइनमा राख्ने गरिएको थियो ।











