काठमाडौं । नेपाली सेनाले कार्तिक २ गते बाट सैनिक पृतनापतिहरुको सम्मेलन गर्ने भएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले एक बिज्ञप्ति जारी गर्दे पृतनापतिहरुको सम्मेलनका बारेमा जानकारी गराएको हो । सम्मेलनमा सैनिक मुख्यालयमा रहेका जर्नेलहरु स्वास्थ्य मापदण्ड पुरा गरेर सहभागी हुनेछन् भने उपत्यका बाहिर रहेका पृतनापतिहरु भर्चुअल रुपमा सहभागी हुनेछन् ।
पृतनापतिहरुको सम्मेलन यस अघी नै आयोजना गरिएको भएपनिक कोभिड –१९ का कारण स्थगित भएको थियो । सम्मेलनले सेनाको आन्तरिक र बाह्य सुरक्षाकाको अबस्थाको बिश्लेषण गरी सेनाका लागि नयाँ रणनीति तय गर्ने छ ।











