५ असार २०८३, शुक्रबार
,
Latest
सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राजदूत बेरीलाई लोभ्याएको नेपाली मौलिक खानाहरु



अ+ अ-

काठमाडौ । नेपाल स्थित अमेरिकी राराजदूत र्‍यान्डी बेरीले विश्व खाद्य दिवसको शुभकामना दिदै नेपाली मौलिक खानाले आफूलाई निकै लोभ्याएको जनाउनु भएको छ । सामाजिक संञ्जाल फेसबुक मार्फ नेपालका बिभिन्न स्थान भ्रमण गर्दा खिचेका खाना सहितको तस्बिर राख्दै राजदूत बेरीले कोभिड –१९ का कारण आफूलाई मन परेको खानाहरु  घुमफिर गरेर खाना नपाएको अनुभब राख्नु भएको छ ।

राजदूत बेरीले लेख्नुभएको छ –हेलो खानेकुरा प्रेमीहरू, विश्व खाद्य दिवसको शुभकामना। कोभिड १९को कारणले बाहिर निस्केर चाख्ने खानेकुरामा तपाईंले सबैभन्दा बढी सम्झिने चीज के हो?
राजदूत बेरीलाई बौद्धको मम ,नेपालगंजको विरयानी,जनकपूरको लस्सी, ईलामको छुर्पी, मुस्ताङको चिया, पाटनको बारा, थकाली खाना आफूलाई मन परेको भन्दै ती खाना खादै गरेको फोटोहरु पोष्ट गर्नुभएको छ ।  उहाँले यो लिस्टमा छुटेको केही छ भने थप लिस्ट बनाउन सहयोग समेत माग्नु भएको छ ।