२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको चीन भ्रमणः बिआरआइमा नयाँ फ्रेमवर्क, झापा र डडेल्धुरालाई एक एक उपहार



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अर्काे हप्ता चीन भ्रमणमा जाँदैछन् । उनी आगामी सोमबार चार दिने चीन भ्रमणका लागि जाने तयारी भइरहेको छ । यही भ्रमणकै तयारीस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवा यतिखेर चीनमा छिन् ।

उनले यसै विषयमा आज चिनियाँ विदेशमन्त्री वाङयीसँग द्विपक्षीय भेटवार्ता गरेकि छिन् । आज उनले चीनको छन्दु सहरमा अपराह्न वार्ता गरेकि हुन् । सो भेटवार्तामा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने सहयोग सम्झौता र यसमा बिआरआइमा के गर्ने भन्ने विषय समेत रहेको परराष्ट्र स्रोतले जनाएको छ ।

त्यसैले यहाँ पनि चर्चामा चीनको बिआरआइ परियोजना नै छ । यो परियोजनाको कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने नै अहिलेको चर्चा छ । चीन सरकार नेपाललाई हस्ताक्षर गर्न प्रस्ताव गरेको छ भने नेपाल सरकारले भने यस विषयमा मतैक्यता निर्माण गर्न अझै सकेको छैन । भनिए, सुनिएअनुसार प्रधानमन्त्री सो प्लानमा हस्ताक्षर गर्न तयार छन् भने सत्ता सहयात्री अर्काे दल नेपाली काँग्रेस भने अनुदानमा मात्र त्यसमा हस्ताक्षर गर्नेमा अडिग रही आएको छ । त्यो के हुन्छ त भनेर आइतबारसम्म कुर्नुपर्नेछ । किनभने त्यतिञ्जेल सरकारले धारणा बनाउनै पर्नेहुन्छ ।

सोमबार प्रधानमन्त्री उत्तर यात्रामा निस्कने कार्यक्रम नै छ । विभिन्न दल, कार्यदल तथा कार्यदलका पनि उपकार्यदल बनाएर विभिन्न चरणमा बिआरआई परियोजनाको कार्यान्वयन सम्झौतामा छलफल भएको छ । त्यो छलफल जारी नै रहँदा यता प्रधानमन्त्री केपी ओलीले त्यसमाथि भोलि शनिबार अन्तिम छलफल हुने जनाइएको छ ।

कार्यदलले त विभिन्न छ ओटा परियोजना राखेर बिआरआइ अन्तर्गत चीन समक्ष प्रस्ताव गर्ने गरी तय गरेको छ । तर त्यसमाथि पनि भोलि प्रधानमन्त्री र काँग्रेस सभापति शेरबहादुर देउवा बसेर टुंग्याउने कुरा भएको छ । यसका लागि उहाँहरु शनिबार बस्नुहुने भएको छ । तर अर्काे एक समाचार स्रोत भन्छ यसमाथि नेपालले अर्काे नयाँ प्रस्ताव अर्थात फ्रेमवर्क बनाएको छ जसलाई आज परराष्टमन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री समक्ष पेश गरेकी छिन् ।

चिनियाँ विदेशमन्त्रीले पनि यसलाई आफूले पनि माथिल्लो तहमा छलफल गर्ने जनाएका छन् । त्यो नयाँ प्रस्तावमा बिआरआइ स्वीकार गर्ने तर त्यो सबै परियोजना बेस रहने भनिएको छ । तर चीन भने यदि यसरी परियोजनाहरु सबै अनुदानमा नभएर कुन परियोजना अनुदान र कुन ऋणमा लिने भन्ने कुरा नेपालले फाइनल गरेर कुनै न कुनै परियोजना ऋणमा पनि लिनुपर्ने सुझाएको छ ।

यदि त्यसो भयो भने दुवैतर्फको विन विन पोजिसन हुनसक्ने बताइएको छ । उता यसै अन्तर्गत नै चीन सरकारले भने प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा एक र उता परराष्ट्र मन्त्री र काँग्रेस सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा एक परियोजना दिने निर्णय चीनले गरेको छ ।

यताकै माग अनुसार झापामा एउटा परियोजना बन्ने भएको छ । त्यहाँको औद्योगिक मैत्रीपार्क पुरानै परियोजना रहेको र यसपालि एक खेल मैदान निर्माण परियोजना थपिने भएको हो । उता डडेल्धुरामा सिटीहलको निर्माण हुने भएको छ । यी दुई परियोजना यसपटक दुई नेताका लागि चीन सरकारले दिएको उपहारजस्तै बन्न पुगेको बताइएको छ ।