५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्री पौडेलले सोल्टी होटल पुगेर भेटे पोखराका खेलाडीलाई



अ+ अ-

काठमाडौं ।  स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एनपीएल सुरु हुनु एक दिनअघि सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सका खेलाडीलाईभेटेका छन्।

आफू पनि गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने बताउँदै पोखराको हस्पिटालिटी पार्टनर सोल्टी होटलमा बसेका खेलाडीहरूलाई उनले जितको अग्रिम शुभकामना दिए।
‘म पनि तनहुँमा जुन जन्मेको पोखरामा हुर्केको हुँ। त्यसैले मेरो समर्थन पोखरा एभेन्जर्सलाई छ। तपाईँहरू ट्रफी जितेर आउनुस्। अग्रिम शुभकामना छ,’
खेलाडीलाई भेटेर पौडेलले शुभकामना दिए।

कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले एनपीएलको ट्रफी उचाल्न टिम तयार भएको बताए। ‘एनपीएलको ट्रफी उचालेपछि फेरि मन्त्रीज्यूबाट स्वागतका क्रममा भेट हुनेछ, ‘ त्रिपाठीले विश्वास व्यक्त गरे। एनपीएल शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुँदैछ।