१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिप्टोमा लगानी गर्ने दुई जना विरुद्ध ९ करोड बिगो सहित मुद्दा दायर



अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले अमेरिकी डलरको अनलाइनमार्फत अवैधरुपमा कारोबार गरेको कसुरमा दुई जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । 

विभागले मोरङ जिल्ला रतुवामाई नगरपालिका– ७ बस्ने २८ वर्षीय पुस्कर श्रेष्ठ र सोही ठाउँ बस्ने २३ वर्षीया बिनिता लिम्बुविरुद्ध विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर कार्यमा संलग्न रहेको भन्दै मुद्दा दायर गरेको हो । 

विभागका अनुसार निजहरुले विभिन्न बैंकका बैंक स्टेटमेन्टहरु, वरामद गरिएको मोबाइलमा प्राप्त डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट श्रेष्ठ र लिम्बुले सामूहिकरुपमा मिलिमतो गरी मोबाइल एप्स 1xbet, Binance, Adv Cash, Coinbase, Paxfull प्रयोग गरी अमेरिकी डलरको अवैध कारोबार गरेका थिए । 

अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानीकर्ताका रुपमा रही कार्य गरी प्रतिवादी पुस्कर श्रेष्ठले विभिन्न बैंकबाट रु. सात करोड ५७ लाख ७१ हजार ९५८ तथा बिनिता लिम्बुले एनआईसिएशिया बाट रु. दुई करोड १६ लाख ९८ हजार समेत जम्मा रु. ९,७४,६९,९८३ विदेशी विनिमय कसुर गरेको पुष्टि भएको भन्दै विभागले विदेशी विनिमय (नियमित  गर्ने) ऐन, २०१९ बमोजिम बिगो जफत गरी सजाय गर्न र तीन वर्षसम्मको कैद सजाय गर्न मागदावी गरेको छ ।