३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य



अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालनको लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ ।

बिहीवार लुम्बीनीमा भएको ‘लुम्बीनीमा लगानीः अवसर र चुनौति’ विषय कार्यशाला गोष्टीमा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनको लागि केन्द्र सरकारसँग समन्वय गर्ने बताउनुभएको हो ।

उहाँले केही सरकारी कर्मचारीले सरकारको नीति भन्दा बाहिर गएर विमानस्थल सञ्चालन गर्न नसकिने भने पनि सरकार विमानस्थल सञ्चालनमा पछाडी नहट्ने बताउनु भयो । उहाँले केन्द्र सरकारले श्रमिकको स्वास्थ्य परीक्षण,भिषा र श्रम स्वीकृत लुम्बीनीबाट गर्ने वातावरण तत्काल मिलाउन जरुरी रहेको बताउनु भयो । उहाँले प्रदेश सरकार भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालन गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले प्रदेश सरकारले स्वास्थ्य परीक्षण,श्रम स्वीकृत र भिषा स्वीकृतको लागि सम्बन्धित निकायहरुमा पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई लगानी सहजिकरणको लागि सहयोग गर्न प्रदेश सरकार आतुर रहेको उल्लेख गर्नुभयो । उहाँले लगानीको लागि नीतिगत र कानूनी रुपमा समस्या भए समस्या समधान गर्न आफूहरु तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकार भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालन गर्न प्रतिवद्ध छ । नेपाल सरकारले विमानस्थल सञ्चालनको लागि केही काम तत्काल अगाडि बढाउन जरुरी छ । सरकारले भैरहवाबाट स्वास्थ्य परिक्षण तत्काल अगाडि बढाउनुपर्छ । श्रम स्वीकृत लुम्बिनीबाट गर्न जरुरी छ । भिषा लगाउने काम पनि लुम्बिनीबाट गर्न जरुरी छ । तीन काम लुम्बीनीबाट सञ्चालन हुने हो भने यात्रुहरुको कमी हुँदैन । नेपाल सरकारले तत्काल गर्नुपर्छ । त्यसको लागि सम्बन्धित निकायहरुमा पहल प्रदेश सरकारले गर्ने प्रतिवद्धता गर्दछु । लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार तयार छ । निजी क्षेत्रलाई लगानी सहजिकरणको लागि सहयोग गर्न प्रदेश सरकार आतुर छ । प्रदेश सरकारले लगानीको वातावरण बनाउँछ । लगानीको लागि नीतिगत र कानूनी रुपमा समस्या परेको छ भने कुन कानून संशोधन गर्दा लगानीमैत्री हुनसक्छ । हामी कानून संशोधन गर्न तयार छौं । कानूनहरु बाधक छन् भने संशोधन गर्न तयार छौं । तर लगानी गर्ने उद्योगी व्यवसायीहरु दिल खोलेर लगानी गर्न आउन आग्रह गर्दछु । पछिल्लो समय उद्योगी व्यवसायीहरु उद्योग खोल्ने भन्दा पनि शेयर बजारमा लगानी गर्नेतर्फ आकर्षित भएको देखिन्छ । लगानी शेयर बजारमा केन्द्रित हुन थालेको छ यसले देश विकास हुन सक्दैन ।’

उहाँले लुम्बीनी प्रदेशमा लगानी गर्ने उद्योगी व्यवसायीहरु दिल खोलेर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय उद्योगी व्यवसायीहरु उद्योग खोल्ने भन्दा पनि शेयर बजारमा लगानी गर्नेतर्फ आकर्षित भएको देखिएको भन्दै शेयर बजारमा केन्द्रित लगानीले देश विकास हुन नसक्ने दाबी गर्नुभयो ।