१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य

भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य
अ अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालनको लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ ।

बिहीवार लुम्बीनीमा भएको ‘लुम्बीनीमा लगानीः अवसर र चुनौति’ विषय कार्यशाला गोष्टीमा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनको लागि केन्द्र सरकारसँग समन्वय गर्ने बताउनुभएको हो ।

उहाँले केही सरकारी कर्मचारीले सरकारको नीति भन्दा बाहिर गएर विमानस्थल सञ्चालन गर्न नसकिने भने पनि सरकार विमानस्थल सञ्चालनमा पछाडी नहट्ने बताउनु भयो । उहाँले केन्द्र सरकारले श्रमिकको स्वास्थ्य परीक्षण,भिषा र श्रम स्वीकृत लुम्बीनीबाट गर्ने वातावरण तत्काल मिलाउन जरुरी रहेको बताउनु भयो । उहाँले प्रदेश सरकार भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालन गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले प्रदेश सरकारले स्वास्थ्य परीक्षण,श्रम स्वीकृत र भिषा स्वीकृतको लागि सम्बन्धित निकायहरुमा पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई लगानी सहजिकरणको लागि सहयोग गर्न प्रदेश सरकार आतुर रहेको उल्लेख गर्नुभयो । उहाँले लगानीको लागि नीतिगत र कानूनी रुपमा समस्या भए समस्या समधान गर्न आफूहरु तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकार भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालन गर्न प्रतिवद्ध छ । नेपाल सरकारले विमानस्थल सञ्चालनको लागि केही काम तत्काल अगाडि बढाउन जरुरी छ । सरकारले भैरहवाबाट स्वास्थ्य परिक्षण तत्काल अगाडि बढाउनुपर्छ । श्रम स्वीकृत लुम्बिनीबाट गर्न जरुरी छ । भिषा लगाउने काम पनि लुम्बिनीबाट गर्न जरुरी छ । तीन काम लुम्बीनीबाट सञ्चालन हुने हो भने यात्रुहरुको कमी हुँदैन । नेपाल सरकारले तत्काल गर्नुपर्छ । त्यसको लागि सम्बन्धित निकायहरुमा पहल प्रदेश सरकारले गर्ने प्रतिवद्धता गर्दछु । लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको लागि लगानी मैत्री वातावरण बनाउन प्रदेश सरकार तयार छ । निजी क्षेत्रलाई लगानी सहजिकरणको लागि सहयोग गर्न प्रदेश सरकार आतुर छ । प्रदेश सरकारले लगानीको वातावरण बनाउँछ । लगानीको लागि नीतिगत र कानूनी रुपमा समस्या परेको छ भने कुन कानून संशोधन गर्दा लगानीमैत्री हुनसक्छ । हामी कानून संशोधन गर्न तयार छौं । कानूनहरु बाधक छन् भने संशोधन गर्न तयार छौं । तर लगानी गर्ने उद्योगी व्यवसायीहरु दिल खोलेर लगानी गर्न आउन आग्रह गर्दछु । पछिल्लो समय उद्योगी व्यवसायीहरु उद्योग खोल्ने भन्दा पनि शेयर बजारमा लगानी गर्नेतर्फ आकर्षित भएको देखिन्छ । लगानी शेयर बजारमा केन्द्रित हुन थालेको छ यसले देश विकास हुन सक्दैन ।’

उहाँले लुम्बीनी प्रदेशमा लगानी गर्ने उद्योगी व्यवसायीहरु दिल खोलेर लगानी गर्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय उद्योगी व्यवसायीहरु उद्योग खोल्ने भन्दा पनि शेयर बजारमा लगानी गर्नेतर्फ आकर्षित भएको देखिएको भन्दै शेयर बजारमा केन्द्रित लगानीले देश विकास हुन नसक्ने दाबी गर्नुभयो ।