१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजपोलार डटकमको प्रधानसम्पादकमा सुशील अर्याल नियुक्त



अ+ अ-

काठमाडौं । न्युजपोलार डटकमको प्रधानसम्पादकमा पत्रकार सुशील अर्याल नियुक्त भएका छन् । 

नेपाली पत्रकारितामा दुई दशक लामो अनुभव रहेका पत्रकार अर्यालले विसं २०५७ मा रेडियो सगरमाथाबाट पत्रकारिता शुरु गरेका थिए । उनीसँग च्यानल नेपाल, सगरमाथा टेलिभिजन, न्यूज २४ र हिमालय टेलिभिजनमा विभिन्न पद र जिम्मेवारीमा रही काम गरेको अनुभव छ ।

टेलिभिजन पत्रकारितामा विशेष दख्खल राख्ने अर्याललाई थर्ड पोल ग्रुपले सो ग्रुपद्वारा सञ्चालित न्युजपोलार डटकमको प्रधानसम्पादकमा नियुक्त गरेको हो ।

नयाँ जिम्मेवारी सम्हालेसँगै प्रधानसम्पादक अर्यालले नेपाली पत्रकारिताको नयाँ आयामका रुपमा विकास भएको अनलाइन पत्रकारितालाई समयानुकूल अधिकतम उपयोग गरी श्रव्यदृश्य सामग्रीहरुलाई अनलाइनमा प्रयोग गरी अघि बढाउने बताए ।  

संसारमा पत्रकारिता डिजिटल स्वरुपमा प्रवेश गरेसँगै गएको करिब सात महिनादेखि जारी कोभिडको विश्वव्यापी महामारीका कारण नेपाली पत्रकारिता पनि कागजी र अरु परम्परागत स्वरुपबाट डिजिटल स्वरुपमा गइरहेका बेला आफू पनि यही नयाँ आयाममा समाहित हुन पुगेको भन्दै प्रधानसम्पादक अर्यालले नेपालको अनलाइन पत्रकारितामा नयाँ आयामहरुको अभ्यास गर्ने बताए । 

पत्रकारिताको मूल मर्म र धर्म नै सही र साँचो समाचार जनतालाई पस्किनु र सूचनामा सबै नागरिकको पहुँच पुर्याएर थप विस्तार गर्नु हो भन्दै त्यही मर्मअनुरुप आजसम्म पत्रकारिताको मैदानमा रहेको र आगामी दिनमा पनि पत्रकारिताको यही मान्यतालाई थप मलजल गर्ने उनले प्रण गरे ।