१४ मंसिर २०८१, शुक्रबार
,
Latest
जयकृष्ण गोइतले आर्थिक सहयोग गर्न धम्की दिएको मधेस प्रदेशका गृहमन्त्री लेखीको गुनासो नेपाल जस्ता मुलुकहरु जलवायु ऋणको जोखिममा पर्ने सम्भावना छः जलवायु वित्त विज्ञ पण्डित प्रधानसेनापतिद्वारा रथी केसीलाई दज्र्यानी चिन्ह प्रदान जाडोयाममा किन बढ्छ वायु प्रदूषण ? रवि लामिछानेको आजको बयान सकियो बुद्धका शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्रीको आग्रह सरकारद्वारा उखुको मूल्य निर्धारण दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग रामेछाप गाडी दुर्घटना अपडेटः गोकुलगंगा–४ का वडाध्यक्षको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती नदीमा छाडियो मेलम्चीको पानी



अ+ अ-

काठमाडौँ । बालाचतुर्दशीपर्वलाई लक्षित गरेर मेलम्चीखाने पानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ ।

आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रही आएको छ । बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्चीखाने पानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बागमती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी बागमतीमा छाड्दै आएको थियौँ, बिहीबारदेखि थप करिब चार करोड लिटर पानी बागमती नदी सफा गर्नका लागि छाडेका छौँ ।”

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई बालाचतुर्दशीका दिन पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्यकार्य गर्न पुग्ने गरी मेलम्चीको पानीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको थियो ।