२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते



अ+ अ-

एजेन्सी । गाजा पट्टीको नुसिरात क्याम्पमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै र अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

लडाकु विमानहरूले माघाजी शिविरको उत्तरमा रहेको घरमा गोलाबारी गरेका र उक्त घटनामा कैयौँ घाइते भएका छन् भने देइर अल–बलाहको पश्चिममा आठ प्यालेस्टिनीहरू घाइते भएका छन् ।

गाजा सहर केन्द्रमा रहेको घरलाई लक्षित गरी भएको आक्रमणमा एक प्यालेस्टिनी महिला, उनको छोरा र नातिको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा, इजरायली आक्रमणले गाजा पट्टीमा ४८ जनाको मृत्यु हुनुका साथै ५३ जना घाइते भएका छन् ।