१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी



अ+ अ-
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य  उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन ९एफएओ० ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पु¥याएको बताउनुभएको हो ।
उहाँले पशुपालन क्षेत्रले लाखौं नेपालीको जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेलेको भएपनि चुनौतिबाट टाढा रहन नसकेको बताउनु भयो । उहाँले पशुपालन क्षेत्रले उपयुक्त पोषण, प्रजनन, पशु स्वास्थ्य, बजारीकरण र चर्को उत्पादन लागत लगायतका विविध चुनौतिहरुको सामना गरिरहेको उल्लेख गर्नुभयो । बर्ड फ्लु, रेविज जस्ता जनावरबाट मानिसमा सर्ने रोगहरु जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतिहरुले जटिलता थप्दै गएको उहाँको भनाइ छ । उहाँले एफएओले नेपालको पशु स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै एक स्वास्थ्यको अवधारणालाई प्रवद्र्धन गर्न सहयोग गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पशुपालन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान पु¥याएको छ । यस क्षेत्रले लाखौं नेपालीहरुको विजिकोपार्जनमा महत्वपूर्ण भुमिका खेलेको छ । यद्यपि यस क्षेत्रले उपयुक्त पोषण प्रजनन, पशु स्वास्थ्य, बजारीकरण र चर्को उत्पादन लागत लगायतका विविध चुनौतिहरुको सामना गरिरहेको छ । त्यसका अतिरिक्त बर्ड फ्लु, रेविज जस्ता जनावरबाट मानिसमा सर्ने  जुनैटिक रोगहरु जस्ता विश्वव्यापी स्वास्थ्य चुनौतीहरुले जटिलता थपेका छन् । यस सन्दर्भमा एफएओ नेपाल हाम्रो महत्वपूर्ण साझेदार बनेको छ । यस संस्थाले विभिन्न कार्यक्रम र पहलहरुमार्फत नेपालको पशु स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै एक स्वास्थ्यका अवधारणालाई प्रवद्र्धन गर्दै आएको छ । स्थापना कालमा यस संस्थाले नेपाल सरकारलाई बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणमा पु¥याएको सहयोग स्मरणयोग्य छ । हाल युएसएडको सहयोगमा ग्लोवल हेल्थ सेक्युरिटी प्रोग्राम अन्तर्गत एफएओ नेपालले चुनौति रोगहरुको रोकथाम तथा नियन्त्रण र प्रतिरोधका विरुद्ध नेपाल सरकारका सहयोग पु¥याउँदै टेवा दिँदै आएको कुरा स्मरण गराउन चाहन्छु । यो सन्दर्भमा एफएओ नेपालको सहयोग र सराहनीय मात्र नभई अतुलनीय रहेको हामीले महशुस गरेका छौं । ’
पशुबाट मानिसमा सर्ने रोगहरुको चुनौतिको सामना गर्दै भविष्यका लागि एक दिगो र सक्षम पशु स्वास्थ्य प्रणाली आवश्यक रहेको बताउनु भयो ।