२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु, २ घाइते



अ+ अ-

काठमाडौं । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

खनदहतर्फ जाँदै गरेको जिप आज बिहान साढे तीन बजेतिर दुर्घटना भएको हो । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अन्य २ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।