५ असार २०८३, शुक्रबार
,
Latest
सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगन्जमा प्रहरीले बरामद गर्यो २३ किलो सुन



अ+ अ-

काठमाडौं। नेपाल प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेर उक्त सुन बरामद गरेको हो ।

प्रहरीले १ केजीका १३ थान बिस्कुट, ८ केजी ५७६ ग्राम बराबरको मझौला बिस्कुट ४६ थान र  १०० ग्रामका सानो बिस्कुट १० थान (एक केजी) बरामद गरेको थियो । साथै ६८१ ग्राम बराबरका सुनका गरगहना पनि बरामद भएको वीरगन्ज प्रहरीले जनाएको छ । 

पर्सा प्रहरी प्रमुख गंगा पन्तले २३ किलोभन्दा बढी सुन बरामद भएको जानकारी दिइन् । उनले २ केजी भन्दा बढीका चाँदीका गरगहना तथा भाडाकुँडा बरामद गरिएको बताइन् ।

पन्तले स्थानीयबासीको रोहबरमा गणेश अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खेलेर खानतलासी गर्दा सुन र चाँदी बरामद भएको जानकारी दिइन् ।

उक्त फ्लाट अशोक सिन्हाको रहेको र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पछिल्लो समय कोरोनाभाइरसका कारण मुलुकको अर्थतन्त्र शिथिल भए पनि अन्तरराष्टिय बजारमा सुनको भाउ ह्वात्तै बढेपछि यसको तस्करी बढेको अनुमान गरिएको छ ।