१४ मंसिर २०८१, शुक्रबार
,
Latest
रवि लामिछानेको आजको बयान सकियो बुद्धका शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्रीको आग्रह सरकारद्वारा उखुको मूल्य निर्धारण दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग रामेछाप गाडी दुर्घटना अपडेटः गोकुलगंगा–४ का वडाध्यक्षको मृत्यु बालबालिकाको अवस्था बुझ्न संसदीय समितिले चार प्रदेशमा स्थलगत भ्रमण गर्ने काठमाडौंबाट रामेछाप गइरहेको गाडी दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु काठमाडौंबाट रामेछाप गइरहेको फोर्स गाडी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु लिलाबल्लभलाई मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला



अ+ अ-

टीकापुर । स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टीकापुर अस्पताललाई प्रदान गर्नुभएको छ ।

उहाँले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी, पूर्वअध्यक्ष दीपक रावल र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईलाई संयुक्त रूपमा बिहीबार दुई सय ५० वटा झोला हस्तान्तरण गर्नुभएको हो ।

झोला हस्तान्तरण गर्दै समाजसेवी बिनाडीले नवप्रसूताहरूलाई सघाउने उद्देश्यले आफूले झोलाको व्यवस्था गरेको बताउनुभयो । झोलामा सुत्केरीका लागि गाउन, बच्चाका लागि भोटो, दौरा र न्यापकिनको व्यवस्था गरिएको छ । अस्पतालले सुत्केरीहुनेलाई एउटा झोला उपलब्ध गराउँदै आएको छ । अस्पतालले उपलब्ध गराउने झोला प्रयोग गरेका सुत्केरीले त्यसमा भएका सामग्रीले आफू र बच्चालाई दुई महिनासम्म सहज भएको बताउनुभयो । रासस