काठमाडौ। नेकपा उपाध्यक्ष वामदेव गौतमको सुरक्षार्थ खटिएका केही सुरक्षाकर्मीसहित सवारी चालकलाई कोरोना सक्रमण भएको छ । तर उपाध्यक्ष गौतम सहित उहाँको परिवार र सचिवालयका साथीहरूको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
सुरक्षाकर्मी र सवारी चालकलाई सक्रमण देखिएपछि सम्पूर्ण भेटघाट बन्द गरिएको नेता गोतमको सचिवालयले जनाएको छ ।











