काठमाडौ । कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेसनमा रहनु भएका राप्रपा अध्यक्ष कमल थापालाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि ओम अस्पताल भर्ना हुनु भएको छ । बुधबार कोरोना संक्रमण पुष्टि भएपछि घरमा बस्दै आउनु भएका थापालई शुक्रबार दिउसो ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही समस्या भएपछि अस्पताल भर्ना गरिएको हो ।
शनिबार साँझ अस्पतालले स्वास्थ्थ बुलेटिन प्रकाशित गरी थापाको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको छ ।











