१३ भाद्र २०८३, शनिबार
,
Latest
नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सही नेतृत्व र सही व्यवस्था नपाउँदा देश बन्न नसकेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सही नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक दलका मानिसहरुलाई न्यायाधीशमा, अख्तियारमा नियुक्ति गर्दा न्याय मरेको जिकिर गर्नुभयो । उहाँले सरकारी निकायहरुमा काँग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरिरहेको बताउनु भयो । सर्वोच्च अदालतमा काँग्रेस, एमाले, माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन नसकेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देश अहिलेसम्म बन्न नसक्नुको कारण हामीले ठिक नेतृत्व पाएनौँ । यिनीहरुले ल्याएको व्यवस्था ठिक भएन । आज हेर्नुस् त मान्छे तिनै छन् । न्यायाधीश उनीहरुले नियुक्ति गर्ने, काँग्रेस, एमाले, माओवादी भाग लगाएर न्यायाधीश नियुक्ति गर्दछन् । भ्रष्टाचार ग¥यो भने कारबाही गर्ने निकाय अख्तियारमा काँग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरेका छन् । संवैधानिक अंगहरुमा चाहे त्यो मानव अधिकार आयोग होस्, अरु कुनैपनि आयोग हुन्, तिनीहरुमा दलको भागबण्डाबाट नियुक्ति हुन्छ । सल्लाहबाट नियुक्ति हुन्छ । सर्वोच्चमा अहिले न्यायाधीशको पद खालि भएको छ । काँग्रेस, एमाले र माओवादीको बीचमा सल्लाह मिल्न सकेको छैन । उनीहरु दलाली गरिरहेका छन् । त्यहाँ न्यायाधीश होइन, काँग्रेस, एमाले र माओवादीको मान्छे त्यहाँ लगेर राख्छन् । कसरी न्याय हुन्छ देशमा । नेता पनि ठिक छैन, यिनीहरुले ल्याएको व्यवस्था पनि ठिक छैन । नेतृत्व पनि र यो व्यवस्था पनि हामीले परिवर्तन गर्नुपर्नेछ ।’

अध्यक्ष लिङदेनले अब सिंगो देश एउटा निर्वाचन क्षेत्र हुनुपर्ने र जनता स्वयंले प्रधानमन्त्री चुन्न पाउनुपर्ने बताउनु भयो । उहाँले सरकारलाई विदेशीले कहिले लडाउने हो भनेर डर पैदा भइरहेको बताउनु भयो ।




भर्खरै