५ असार २०८३, शुक्रबार
,
Latest
सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन मेडिकल कलेजमा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट बच्चा जन्मियो



अ+ अ-

काठमाडौ । चितवन मेडिकल कलेज भरतपुरमा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट बच्चा जन्मिएको  छ । विगत १५ वर्षदेखि सन्तान हुन नसकेको भरतपुरका एक दम्पतीको  कृत्रिम गर्भाधान विधिबाट शनिबार छोराको जन्म भएको अस्पतालले जानकारी दिएको छ । प्रसुती विभागका डाक्टर रेनुका ताम्राकारको टीमले शल्यक्रिया गरी बच्चाको जन्म दिएको हो । अस्पतालका निर्देशक डा.दयाराम लम्सालले शनिबार गत वर्ष माघमा कृत्रिम गर्भाधान गरिएको र शल्यक्रियामार्फत शिशु जन्मिएको जानकारी दिनुभयो  ।

अस्पतालले चितवनमै पहिलोपटक कृत्रिम गर्भाधानबाट शिशु जन्माइएको दाबी गरेको छ । शल्यक्रियाबाट जन्माइएको शिशु र आमाको स्वास्थ्य सामान्य रहेको डा.लम्सालले बताए ।कृत्रिम गर्भाधान सेवा लिएका पहिलो दम्पत्तीबाट बच्चा जन्माउन सफल भएको अस्पतालको दाबी छ । दुई वर्षअघि यो सेवा सुरु गरेको अस्पतालले अन्य केही दम्पत्तीको समेत कृत्रिम गर्भाधान सेवा दिएको जानकारी दिएको छ ।