२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 2.57

Humidity: 47

तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क तेयोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री शाहीले सन् १९७४ देखि दक्षिण कोरिया र नेपालबीचको सम्बन्ध कायम रहेको र यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने बताउनुभयो ।

मन्त्री शाहीले नेपालले हालै सप्पन्न कोप–२९ मा कार्बन व्यापारको विषय उठाएको र उक्त मुद्दा सफल भएको उल्लेख गर्नुभयो । दक्षिण कोरियाले नेपालको विकास निर्माणमा सहयोग गरिरहेको र भावी दिनमा पनि कोरियाले नेपालको विकासमा सहयोग गर्ने अपेक्षा राखेको मन्त्री शाहीको भनाइ थियो ।