२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई साढे ५ बजे काठमाडौँ ल्याइने



अ+ अ-

काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ।

सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयान लिन लामिछानेलाई बेलुका साढे ५ बजे हवाई मार्गबाट काठमाडौं ल्याउन लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान सकिएकाले काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

बयान सकिएपछि उनलाई पुनः कास्की नै लगिने छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिएको थियो । लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।