२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बुलेन्समा लागुऔषध कारोबार



अ+ अ-

महोत्तरी । बिरामी बोक्ने एम्बुलेन्सबाट लागुऔषध कारोबारको कालो धन्दा भएको पाइएको छ । महोत्तरीको बर्दिबासमा प्रहरीले एम्बुलेन्सबाट १० ग्राम ब्राउनसुगर बरामद गरेको हो ।

बुधबार राति बर्दिबास चोकबाट सिन्धुलीतर्फ गइरहेको बा प्र ०१–००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट सो परिमाणको ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतिरमण पोखरेलले आज जानकारी दिनुभयो ।

सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सबाट ब्राउनसुगर बरामद भएको हो । एम्बुलेन्सको जाँज गरिँदा साइरनमा रहेको माइक्रो फोनभित्र लुकाइएको अवस्थामा ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

ब्राउनसुगर बरामद भएको एम्बुलेन्स, चालक र एम्बुलेन्समा सवार अन्य एकसहितलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक (प्रनाउ) पोखरेलले बताउनुभयो ।

एम्बुलेन्सबाट गैरकानुनी सामान लगिँदैछ भन्ने सूचनाका आधारमा रोकेर जाँच गरिएको प्रहरीले जनाएको छ । यो कारोबारमा अन्य पनि संलग्न भएका हुनसक्ने प्रहरीको अनुमान छ ।

अहिले नियन्त्रणमा लिइएका दुई जनाको परिचय प्रहरीले खुलाएको छैन । सो एम्बुलेन्स उपचार कार्यको मानवीय सेवामा सहयोग पु¥याउन गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटलाई प्रदान गरेको जनाइएको छ ।