२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको हिरासतमा रहेका तीन अमेरिकी रिहा



अ+ अ-

एजेन्सी । निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा गरेको अमेरिकी अधिकारीले बुधबार बताएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले गलत तरिकाले हिरासतमा राखेको भनी वर्गीकृत गरेका तीन जना अमेरिकी कैदी मार्क स्विडन, काई ली र जोन लेउङ चीनका अन्तिम कैदी थिए ।

यद्यपि अधिकारकर्मी र चीनमा हिरासतमा रहेका अन्य कैदीका परिवारहरूले थप अमेरिकी नागरिकहरूको मुद्दा उठाएका छन् ।

“चाँडै नै उनीहरू फर्कनेछन् र धेरै वर्षपछि पहिलो पटक आफ्ना परिवारसँग पुनर्मिलन हुनेछन्,” अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पारिवारिक पुनर्मिलनसँग जोडिएको अमेरिकी धन्यवाद दिवसको पूर्वसन्ध्यामा भन्नुभयो ।

“यो प्रशासनको प्रयास र चीनसँगको कूटनीतिका कारण पीआरसीमा गलत तरिकाले हिरासतमा लिएका सबै अमेरिकीहरू स्वदेश फर्किएका छन्,” विदेश मन्त्रालयका प्रवक्ताले बताउनुभयो ।

यस मामिलासँग सम्बन्धित एक स्रोतका अनुसार अमेरिकी हिरासतमा रहेका तीन जना चिनियाँ नागरिकका लागि बेइजिङसँग अदलाबदली गरेर तीनै जनालाई रिहा गर्न लागिएको हो ।

सन् २०१२ को अन्त्यतिर स्विदनलाई लागूऔषधको आरोपमा चीनको व्यापारिक भ्रमणका क्रममा पक्राउ गरिएको थियो । उहाँको परिवार र समर्थकहरूले उहाँसँग लागूपदार्थ भएको कुनै प्रमाण नभएको र उहाँका ड्राइभर र अनुवादक सहयोगीले उहाँलाई दोष दिएको बताएका छन् ।

चीनमा कैदीहरूलाई सहयोग गर्ने समूह डुइ हुवाका अनुसार हिरासतमा रहेको प्रारम्भिक समयमा, स्विडनले निद्रा र खानाबाट बञ्चित भएको र १०० पाउन्ड (४५ किलोग्राम) भन्दा बढी तौल गुमाउनुभएको छ ।

सन् २००६ देखि जेलमा रहेका पास्टर डेभिड लिनलाई सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाले रिहा गरेको थियो ।

अमेरिकी अधिकारीहरूले उक्त रिहाई एक चिनियाँ नागरिकको लागि अदलाबदली को एक भाग भएको पछि स्वीकार गरेका थिए ।

बाइडेन प्रशासनले आफ्नो कार्यकालको बाँकी समयमा कैदीहरूको रिहाई सुनिश्चित गर्ने आशा गरेको थियो, बाइडेनले यसै महिना पेरूमा एपेक शिखर सम्मेलनको क्रममा राष्ट्रपति सी जिनपिङसँग अन्तिम भेटमा ती मुद्दाहरू उठाउनुभएको थियो ।