धरान। धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ७९ वर्षीय उपचाररत वृद्धको मृत्यु भएको छ । आइतबार बिहान ३ः०० बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उनको मृत्यु भएको अस्पतालका सह–प्रवक्त डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।
उनी इटहरी–१ सुनसरीका वासिन्दा थिए । उनी पहिलेदेखि नै दीर्घ रोगी थिए । शवको उचित व्यवस्थाका लागि तयारी भइरहेको अस्पतालले जानकारी दिएको छ ।











