२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानको एक्सन: विद्युत महसुल नतिर्ने उद्योगको कारोबार रोक्काका लागि राष्ट्रबैक, कम्पनी रजिष्ट्रार र धितोपत्रबोर्डलाई पत्र



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल नतिर्ने उद्योगहरुबाट रकम उठाउन अन्य निकायको साथ खोजेको छ ।

प्राधिकरणले महशुल नतिर्ने उद्योगहरुको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ । यसै गरी प्राधिकरणले कम्पनी रजिष्ट्रार र धितोपत्रबोर्डलाई पत्र पठाएको छ ।

पत्रमा उद्योगका लगानीकर्ता अन्य कम्पनीको सञ्चालक भए सेयर जारी गर्न, हक हस्तान्तरण गर्न र धितो बन्धक दिन नपाउने गरी रोक्का राखी बक्यौता महसुल असुलका लागि सहयोग गरिदिन प्राधिरकणले आग्रह गरेको छ ।

प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत महशुल नतिर्ने उद्योगहरु रकम उठाउन नया पहलकदमी लिनु भएको हो ।

३४ वटा उद्योग डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरी पनि महसुल तिरेका छैनन । विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता तिर्न बाँकी रहेका उद्योगहरुको तत्काल लाइन नकाट्ने निर्णय गरेसँगै कुलमानले वैकल्पिक उपाय अपनाएका हुन् ।