काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको पृतनापति सम्मेलनलाई सोमबार भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको छ ।
आज बाट सुरु भएको सैनिक पृतनापतिहरुको सम्मेलनले सेनाको आन्तरिक र बाह्य सुरक्षाकाको अबस्थाको बिश्लेषण गरी सेनाका लागि नयाँ रणनीति तय गर्ने छ ।
सम्मेलनमा सैनिक मुख्यालयमा रहेका जर्नेलहरु स्वास्थ्य मापदण्ड पुरा गरेर सहभागी भएका छन् भने उपत्यका बाहिर रहेका पृतनापतिहरु भर्चुअल रुपमा सहभागी भएका छन् ।
पृतनापतिहरुको सम्मेलन यस अघी नै आयोजना गरिएको भएपनिक कोभिड –१९ का कारण स्थगित भएको थियो ।











