काठमाडौं । सार्वजनिक सवारी साधन प्रयोग गर्ने यात्रुहरुले पनि अब फेस सिल्ड (भाइजर) लगाउनु पर्ने भएको छ ।
यातायात व्यवस्था विभागले आज एक सुचना प्रकाशित गर्दे फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने जनाएको छ । सरकारले चाडवाडलाई मध्यनजर गर्दै असाेज २६ गतेदेखि स्वास्थ्थ सुरक्षा मापदण्डको पालना गर्दै पूर्ण सिट संख्यामा यात्रु राख्ने दिने निर्णय गरेको थियो ।
यात्रु संख्या बढेसंगै भौतिक दूरी कायम नहुने अवस्था देखिएपछि विभागले फेस सिल्डको अनिवार्य व्यवस्था गरेको विभागका महानिर्देशक गोगन बहादुर हमालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । साथै विभागले पूर्ण रुपमा यात्रु बोक्न पाउने भएपछि तोकिएभन्दा बढी भाडा नतिर्न समेत यात्रु लाई सूचित गरेको छ ।
हेर्नुहोस् यातायात व्यवस्था विभागको सूचना












