१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना विशेष अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु



अ+ अ-

बुटवल । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बुटवल उपमहानगरपालिका–३ गोलपार्कका ५५ वर्षिय पुरुषको मृत्यु भएको हो ।  

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कोरोना पुष्टि भएपछि असोज २७ गते अस्पताल भर्ना भई उपचार गराइ रहेका पुरुष आइतबार बिहान ११ बजे मृत्यु भएको हो । 

संक्रमित पुरुष उच्च रक्तचाप र कलेजोको दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।