५ असार २०८३, शुक्रबार
,
Latest
सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमण परीक्षण र उपचार खर्च अब आफैले तिर्नुपर्ने



अ+ अ-

काठमाडौं । कोभिड–१९ को परीक्षण र उपचार खर्च अबदेखि व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार उक्त निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुने जानकारी दिएका छन् । तर सरकारले आर्थिकरुपमा कमजोर, अशक्त, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक लगायतलाई भने सरकारले नै निःशुल्क रुपमा उपचार गर्ने उनले बताए ।

त्यसैगरी जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क हुने पनि प्रवक्ता डा.गौतमले बताए ।