काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्य र नेकपाका नेता खगराज अधिकारीले संयुक्त रुपमा रुद्रनाथ घिमिरे व्यक्ति–व्यक्तित्व लोकार्पण गर्नुभएको छ । नेता आचार्यले पुस्तक बिमोचन गर्दे घिमिरेको ब्यक्तित्व बारेमा टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा नेता खगराज अधिकारीले घिमिरेको सरल पन सबैले सिक्नु पर्ने सुझाब दिनुभयो । बाल्मीकी क्याम्पस प्रमुख डा.गणेश घिमिरेले पैसठ्ठी वर्ष अघि छोरीलाई पपढाएर शिक्षाको महत्वबारे समाजलाई बुझाउन महत्वपूर्ण भूमिका खेलेको जानकारी दिनुभयो । कार्यक्रममा चुडाराम परियार व्यावसायी शिव मल्ल ,शिक्षाविद् गेहेन्द्रप्रसाद घिमिरे, इन्द्रबहादुर अधिकारी, व्यावसायी इन्दिरा बरालले पनि सामाजिक अभियन्ता घिमिरेका बारेमा स्मरण गर्नुभएको थियो ।











