२९ श्रावण २०८३, शुक्रबार
,
Latest
बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार प्रतिवादी पक्राउ बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द कुहिरोबाट पिउने पानी संकलन गरेर वितरण इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहुलियत मूल्यमा चामल बिक्री



अ+ अ-

दार्चुला। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले उपभोक्तालाई राहत दिने उद्देश्यले सबै प्रकारका चामलमा प्रतिकिलो रु १० सहुलियत छुटसहित बिक्री वितरण सुरु गरेको छ ।

कम्पनीको प्रधान कार्यालयको निर्देशनअनुसार यही असार १२ गतेदेखि लागू हुने गरी चामलमा सहुलियत छुट प्रदान गरिएको शाखा कार्यालयले जनाएको छ । उक्त सहुलियत असार मसान्तसम्म मात्र कायम रहने छ ।

नयाँ मूल्यसूचीअनुसार अरुवा मोटा चामलको मूल्य प्रतिकिलो रु ५६ बाट घटाएर रु ४६ कायम गरिएको छ । पच्चीस किलोग्रामको एक बोराको मूल्य रु एक हजार १५० तोकिएको छ ।

त्यसैगरी, स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिकिलो रु ८४ बाट घटाएर रु ७४ कायम गरिएको छ भने पच्चीस किलोग्रामको एक बोराको मूल्य रु एक हजार ८५० निर्धारण गरिएको शाखाले जनाएको छ ।

यस्तै गहुँको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन । गहुँ साविककै प्रतिकिलो रु ५३ मा बिक्री भइरहेको छ भने २५ किलोग्रामको एक बोराको मूल्य रु एक हजार ३२५ कायम गरिएको कम्पनीले जनाएको छ ।रासस