९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

चिनियाँ जनताले खाली कागजमा बनाएको अद्भुत नक्साः शनचन

चिनियाँ जनताले खाली कागजमा बनाएको अद्भुत नक्साः शनचन
अ अ+ अ-

चीनको दक्षिणमा रहेको भव्य सहर शनचन चीनको खुला र सुधारको महत्वपूर्ण आँखी झ्याल हो। चीनमा सबैभन्दा कान्छो सहर भएर पनि सबैभन्दा द्रुत विकास गरेको शनचनले ४० वर्षको छोटो अवधिमै आश्चर्यजनक रुपमा विकास गरेको छ। छोटो समयमै यसले गरेको अद्भूत विकासका पछाडि निकै रोचक कथा रहेको छ।

अक्टोबर १४ तारिख शनचन विशेष आर्थिक क्षेत्र स्थापना भएको ४०औं वार्षिकोत्सव चीनको क्वाङतोङ प्रान्तको शनचन सहरमा आयोजना भयो। सो समारोहमा चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव, चीनका राष्ट्रपति एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले महत्वपूर्ण सम्बोधन गर्दै शनचन चीनमा सुधार तथा खुलापन नीति लागू भएपछि चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताले निर्माण गरेको नयाँ सहर भएको बताए। सो अवसरमा उनले रोचक वाक्यांश प्रयोग गर्दै भने 'शनचन चिनियाँ जनताले खाली कागजमा बनाएको चीनको विशेषतायुक्त समाजवादको अद्भुत नक्सा हो।' चिनियाँ नेता सीले निकै सुझबुझपूर्ण रुपमा यो वाक्यांश प्रयोग गरे किनभने शनचनमा विकासको बिरुवा रोपिएको बेला चीनमा सुधार र खुलापन सुरु भएको दुई वर्ष मात्र भएको थियो।

तङ स्याओफिङले आविस्कार गरेको चिनियाँ विशेषतायुक्त समाजवाद अन्तर्गत स्थापना भएको थियो शनचन विशेष आर्थिक क्षेत्र। तसर्थ चीनमा सुधार र खुलापनसँगै स्थापना भएर अहिले चीनकै उत्कृष्ट सहर बनेकाले चिनियाँ नेता सीले चीनको विशेषतायुक्त समाजवादको अद्भुत नक्सा भनेका हुन्। त्यतिमात्र होइन नेता सीले सम्बोधनमा अर्को कुरा पनि भनेका छन्। त्यो हो 'शनचनले ४० वर्ष मै विदेशका केही अन्तर्राष्ट्रिय सहरको सय वर्षको विकास प्रक्रिया हिँडेर विश्व विकास इतिहासमा चिनियाँ जनताले सिर्जना गरेको चमत्कार स्थापना गरेको छ।'

शनचन चीनकै पहिलो विशेष आर्थिक क्षेत्र पनि हो। अहिलेको भव्य सहर शनचन ४० वर्ष अगाडि समुद्रको किनारमा सानो गाउँको रुपमा गुमनाम थियो। कुरा सन् १९८० को हो। चीनमा सन् १९६६ देखि १९७६ सम्म सांस्कृतिक क्रान्ति चलेको थियो। सांस्कृतिक क्रान्तिताका सबैभन्दा बढी पीडा भोग्ने नेतामा तङस्याओ फिङ थिए। सन् १९७६ मा माओको देहवसानसँगै सांस्कृतिक क्रान्ति पनि पतन भयो र तङ पुनः चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेताका रुपमा स्थापित भए। यद्यपि नेता तङ न चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव भए न चीनको राष्ट्रपति अथवा प्रधानमन्त्री नै। तर डिफ्याक्टो नेताका रुपमा उनी सर्वोच्च सम्मानमा रहेका थिए।

सांस्कृतिक क्रान्ति सकिएको चार वर्षपछि १९८० मा चीनको विकास कसरी गर्ने भन्ने कुरालाई लिएर नेता तङ गम्भीर र चिन्तित थिए। आर्थिक विकासका निश्चित कार्यक्रम बुन्दै उनी हङकङलाई नियाल्नका लागि क्वाङतोङ प्रान्तको समुद्री किनारमा पुगेका थिए। ठीक पारिपट्टि जगमगाइरहेको हङकङ देखेर तङले आफ्नो साथमा गएका चिनियाँ कम्युनिष्ट पार्टीका अन्य नेतालाई सोधे 'यो चम्किरहेको हङकङ जस्तै कुनै सहर चीनमा बनाउन सकिन्छ कि सकिन्न?' उनको कुरा सुनेर सबै नेता मुखामुख गर्न थाले। उन्नाइसौँ शताब्दीको मध्यतिरै विकसित हङकङ अन्तर्राष्ट्रिय व्यापारका लागि ख्यातिप्राप्त भइसकेकोथियो। हङकङकै हाराहारीमा नयाँ सहर विकास गर्नका लागि त्यतिबेला चीनसँग पूँजी र क्षमता छैन भन्ने अरु नेतालाई लागेको थियो।

आफूसँग गएका नेताहरु चुप लागेको देखेर तङले मुस्कुराउँदै भने 'अहिले हामी उभिएको ठाउँमा ऊ…त्यो हङकङ जस्तै नयाँ सहर स्थापना गर्नुपर्छ बुझ्नुभयो कमरेडहरु?'

नेता तङको कुरा सुनेर सबै आश्चर्यमा परे। 'त्यस्तो सहर स्थापना गर्नका लागि पूँजी कसरी जुटाउने कमरेड? हामीसँग त्यस्तो ठूलो श्रोत पनि छैन।' केही नेताले अकमकाउँदै भने।

नेता तङले त्यसो भन्ने नेतालाई धाप मार्दै भनेका थिए 'पहिले सपना देख्नुपर्छ अनि योजना बनाउनुपर्छ। तपाईंहरु आजैदेखि योजना बनाउन लाग्नुहोस्। पूँजीको चिन्ता गर्नु पर्दैन। चिनियाँ पूँजीबाट होइन विदेशी पूँजीबाट हामी यहाँ नयाँ 'हङकङ' बनाउनेछौँ।'

त्यसपछि तुरुन्तै सुरुभयो नयाँ सहरको खाका बनाउने काम। पहिलो विशेष आर्थिक क्षेत्रका रुपमा स्थापित भएर चीनमा विदेशी लगानी भित्र्याउने झ्यालका रुपमा शनचन रह्यो। चार दशकमै शनचन हङकङकै हाराहारीमा विकसित भइसकेको छ। भनिन्छ, जहाँ उभिएर नेता तङले शनचन बनाउने निर्देशन दिएका थिए त्यही स्थानमा अहिले उनको विशाल कास्य शालिक बनाइएको छ र नेता तङको चीनमा निर्मित त्यो एकमात्र शालिक हो।

आधुनिक चीनको विकासका प्रणेता दूरद्रष्टा नेता तङको सपना र योजनामा बनेको शनचन ४० वर्ष अगाडि समुद्र किनारको एउटा सानो गाउँ थियो भन्दा अहिले कसैले पनि पत्याउने अवस्था छैन। किनभने त्यो गाउँ अहिले अहिले अन्तर्राष्ट्रिय स्तरको भव्य सहर बनिसकेको छ। अहिले चीनका बेइजिङ, शाङहाई, थिआनचिन, क्वाङचौ र हङकङ जस्तै 'क' श्रेणीको उच्चस्तरीय सहर हो शनचन।

शनचनको विकास मात्र होइन चीनकै विकासलाई लिएर त्यतिबेला नेता तङको भनाइ 'बिरालो कालो होस् अथवा सेतो त्यसले मुसा मार्नुपर्छ' निकै लोकप्रिय बनेको थियो। वैदेशिक लगानी भित्र्याउनका लागि चीनका बन्द ढोका खोल्नुपर्ने कुरामा नेता तङले सधैँ जोड दिए। उनको यो नीतिलाई लिएर पार्टीभित्र आलोचना पनि भएको थियो। आर्थिक रुपमा खुला हुँदै जाँदा चीन पश्चिमा मोडलको पूँजीवादी बाटोमा जानसक्ने खतरा भएको भनेपछि नेता तङले उक्त भनाइ राखेका थिए। नाम जे राखे पनि शासनसत्ताले जनताका निम्ति काम गर्नुपर्ने भन्ने तात्पर्यका रुपमा आएको सो भनाइले चिनियाँ नेतालाई सधैँ जनताका लागि काम गर्न प्रेरित गर्दै आएको छ।

चीनमा आर्थिक रुपमा वैदेशिक ढोका खोल्ने र आन्तरिक रुपमा सुधार गर्ने नीतिलाई नै खुला र सुधार नीति भन्ने गरिन्छ। यही नीति अनुसार तङले कुनै मुलुकको नक्कल गर्ने होइन चिनियाँ चरित्रको बजारमुखी समाजवादी व्यवस्था लागू गरे। फलतः खुला र सुधार लागू भएको ४० वर्षमै चीन विश्वको दोस्रो अर्थतन्त्र बनिसकेको छ। आज विश्वका ठूला र नामुद कम्पनीहरु चीनमा केन्द्रित भएका छन्।

विगत ४० वर्षमा शनचनको कूल गार्हस्थ उत्पादन मात्रा हरेक वर्ष सरदर २०.७ प्रतिशतले बढेको छ र कूल गार्हस्थ उत्पादन मात्राका हिसाबले यो एसियाली सहरहरुमध्येको पाँचौं स्थानमा रहेको छ। यस्तो अद्भुत विकास गरेकाले नै विश्वका अग्रणी सहरहरुले एक वर्ष वर्षमा गरेको विकास शनचनले ४० वर्षमै गरेको कुरा निसन्देश सत्य हो।

नेता तङले स्थापना गरेको शनचनलाई वर्तमान राष्ट्रपति सी चिनफिङले चिनियाँ विशेषतायुक्त समाजवादी अग्र-नमुनात्मक क्षेत्रको रुपमा विकास गर्ने घोषणा गरेका छन्। सीको सत्तामा आएपछि सुरु भएको नयाँ परियोजनाका रुपमा क्वाङतोङ, हङकङ र मकाउ विशाल खाडी क्षेत्रको निर्माणलाई अघि बढाएर एक देश दुई व्यवस्थाको विकाससँगै चीनको महत्त्वपूर्ण राष्ट्रिय विकास रणनीतिमा शनचनले सो खाडी क्षेत्रको इन्जिनको काम गर्ने सीले बताएका छन्। शनचनले निरन्तर रुपमा वैदेशिक लगानी भित्र्याउँदै चौतर्फि रूपमा खुलापनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। यसले हङकङ, मकाउका चिनियाँ देशबन्धु तथा विदेशमा रहेका चिनियाँ प्रवासीहरूलाई लगातार रुपमा लगानी गर्ने प्रेरणा पनि दिँदै आएको छ।