१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँमा तिहारमा भीडभाड गर्न निषेध



अ+ अ-

रुकुमपूर्व । यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ । 

नेपालमा कोरोना सङ्क्रमणको दर दिनप्रतिदिन बढ्दै गएको अवस्थामा जोखिम उच्च हुने भन्दै जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले दशैँलक्षित भीड, मेलापर्व सञ्चालन र मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरेको हो ।  

मन्दिरहरुमा नित्य पुजाबाहेक सबै खाले दर्शनमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।