काठमाडौं । कात्तिक १६ गतेदेखि लिने भनिएका लोक सेवा आयोगका सम्पूर्ण लिखित परीक्षा स्थगित भएका छन् । सोमबार एक सूचना जारी गर्दै आयोगलेकोरोना महामारीका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।
आयोगले परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन तथा परीक्षा व्यवस्थापन गर्न समस्या हुने भएकोले आयोगको पूर्व निर्णय बमोजिम तोकिएका निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका सम्पूर्ण लिखित परीक्षा स्थगित गरिएको जारी गरेको सूचनामा उल्लेख छ ।












