२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री जापान नजाने, चीन जाने



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जापान नजाने भएकि छिन् । उनी यही नोभेम्बर २५ मा जापान जाने कार्यक्रम रहेकामा सो स्थगित भएको छ ।

उनले जापानमा गराएको स्वास्थ्य उपचारको फलो अपका लागि त्यहाँ जाने कार्यक्रम रहेकामा चिकित्सकको समय अहिले नमिलेपछि उनी जापान जाने कार्यक्रम स्थगित भएको हो । परराष्ट्र मन्त्रालयको स्रोतका अनुसार यस पटक चिकित्सकको समय नमिलेका कारण उनी उपचारका लागि अर्काे महिना जापान जाने कार्यक्रम तय भएको हो ।

परराष्ट्रमन्त्री डा देउवा जापानमा स्वास्थ्य जाँच गराएर त्यतैबाट नोभेम्बर २८ तारिखमा बेइजिङ पुग्ने कार्यक्रम रहेको थियो । अब जापान नजाने भएपछि उनी प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारीस्वरुप र आवश्यक एजेण्डाहरु तय गर्न यतैबाट नोभेम्बर २८ मा चीन जान लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयको समाचार स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप चिनियाँ विदेशमन्त्री वाङ यीसँग परराष्ट्रमन्त्री डा देउवाले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । सो वार्ता नोभेम्बर २९ का लागि तय भएको छ । उनी त्यसपछि फर्किएर नेपाल आउने र पछि प्रधानमन्त्रीसँगै चीन जाने कार्यक्रम तय भएको पनि मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि यही मंसिर १७ गते (डिसेम्बर २) मा चीन जाने कार्यक्रम छ । प्रधानमन्त्री डिसेम्बर ५ अर्थात् मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।