२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन



अ+ अ-

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४/२५ सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन सोमवारदेखि गोकर्ण गल्फ क्लवमा शुरु हुने भएको छ ।

नेपालका शिर्ष प्रोफेसनल र एमेच्योर गल्फरको प्रतिष्पर्धा गर्ने सूर्य नेपाल गल्फर टुरको २०२४/२५ सिजन सोमवारदेखि शुरु हुन लागेको हो ।

सूर्य नेपाल गल्फ टुरका कुल आठ प्रतियोगिता काठमाडौं, पोखरा र धरानमा हुन्छन्, तीमध्ये सबैभन्दा पहिलो प्रतिष्पर्धा सेन्ट्रल ओपन काठमाडौंबाट शुरु हुन लागेको हो । यस प्रतियोगितामा कुल ७२ होलमा प्रतिष्पर्धा हुनेछ । दुई चरण ९३६ होल० को खेलपछि कट नियम लागू हुन्छन् । शिर्ष २१ प्रो।गल्फरले फाइनल चरण (३६ होल) का लागि प्रतिष्पर्धा गर्छन् ।

कट नियम पार गरेका शिर्ष ६ प्रो गल्फरले पनि दोस्रो चरणको यात्रा तय गर्नेछन् । कुल ३३ प्रोफेसनल र सात एमेच्योर गल्फरले सेन्ट्रल ओपनमा प्रतिष्पर्धा गर्ने भएका छन् । डिफेन्डिङ च्याम्पियन एमेच्योर गल्फर सद्भाव आचार्यसहित प्रो। गल्फर भूवन नगरकोटी, नीरज तामाङ, धन थापा, सञ्जय लामा, रवि खड्का, तोरण शाही र कुमार कामी सेन्ट्रल ओपनको मुख्य दाबेदार हुन् । सेन्ट्रल ओपनको विजेताले एक लाख ५० हजार, उपविजेता एक लाख र तेस्रो हुने गल्फरले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

शिर्ष २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिताको कुल पुरस्कार राशि आठ लाख ८२ हजार रुपैयाँ रहेको छ । नेपाल प्रोफेसनल गल्फर
एशोसिएशनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यसपल्ट सूर्य नेपाल गल्फ टुर १८ औं वर्षमा पुगेको र यस प्रतियोगिता नेपाली गल्फरका लागि राम्रो माध्यम बनेको बताउनु भयो ।