१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र मन्त्रीहरुले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने



अ+ अ-

काठमाडौं । सांसदहरुको दशैँ भत्ताको विषयमा व्यापक विरोध भएपछि केहीले हिजो नै फिर्ता गरे । नेपाली काँग्रेसले आज दशैँ भत्ता सबै फिर्ता गर्न सांसदहरुलाई निर्र्दशन दियो । त्यसपछि आज नै सबै सांसदहरुले फिर्ता गर्ने जनाएका छन् । त्यसपछि सभामुख अग्नि सापकोटाले धन्यवाद दिएका छन् । 

यससँगै अब मन्त्री र प्रधानमन्त्रीको भत्ता के हुन्छ भन्ने प्रश्न उठ्यो । आजै उठेको त्यो प्रश्नको निरुपण भने छिट्टै भएको छ । किनभने मन्पिरिषदबाटै आज प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका हुन् । 

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले यो जानकारी दिएका हुन् । उनले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरे । 
तर प्रदेश र स्थानीय तहका पदाधिकारीहरुको बारेमा भने केही आएको छैन ।