२४ फाल्गुन २०८१, शनिबार
March 8, 2025 Saturday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.41

Wind: 1.54

Humidity: 48

Latest
महिलामाथि हुने शोषणाविरूद्धको सङ्घर्षलाई अझ सशक्त बनाउनुपर्छ : नेता खनाल प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारीले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ : परराष्ट्रमन्त्री देउवा बेलौरी नगरपालिकाका वडाध्यक्ष रिजालको निधन महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्न जरूरी छ: प्रचण्ड पूर्वराजालाई अध्यक्ष दाहालको सुझाव : पार्टी खोलेर चुनाव लड्न आए हुन्छ अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनसँग जोड्ने उपाय म्याग्दीको मुदी केन्द्रविन्दू भएर भूकम्पको धक्का पूर्वपश्चिम राजमार्गको दाउन्नेमा बस र ट्रक ठोक्किए, सवारी साधन अबरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

अति बिपन्नहरुको चुल्हो बाल्दै साझा पार्टी



अ+ अ-

काठमाडौं ।  साझा पार्टीले अति बिपन्न नागरिकहरुलाई दशैं मनाउन राहत सहयोग हेतु साझा मुठ्ठीदान अभियानलाई तिब्रता दिएको छ। सरकारलाई दबाव स्वरुप खाना वितरण कार्यक्रम गरेर विपक्षी मोर्चामा सकृय खबरदारी गरिरहेको साझाले मुठ्ठीदान संकलन गरी बिपन्नहरुको चुल्हो बाल्ने प्रयास गरेको नेता समीक्षा बाँस्कोटाको भनाई छ। 'यो एउटा अर्थपूर्ण सांकेतिक अभियान हो, राज्यको आँखा नपुगेको ठाँउमा हामीले सम्झाईदिएका मात्रै हौ,' बाँस्कोटाको भनाई छ।

'कोरोना कहरलाई नियन्त्रण गर्न जारी लकडाउनले तन्नम गरिबीको रेखामुनी रहेका ज्याला मजदुर, अति बिपन्नहरु जसलाई दैनिक छाक जुटाउन पनि गाह्रो भइरहेको छ उनीहरुको मुहारमा अलिकति खुशी ल्याउने यो साझा प्रयास मुलतः सरकारलाई राहतको लागि दबाब दिने एउटा सकारात्मक पहल मात्रै हो।,' साझा पार्टीका नेता प्रकाशचन्द्र परियारको प्रतिकृया छ।

साझा पार्टीले पहिलो चरणमा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु,सिन्धुपाल्चोक,बुटवल लगायतका विभिन्न स्थानमा यो अभियान जारी राखेको छ। कल्याणकारी लोकतन्त्रको वकालत गर्दै आएको साझा पार्टी वैकल्पिक राजनीतिको नेतृत्व गरिरहेको छ।