बुटवल । रुपन्देहीमा थप एक ४१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उपचारका क्रममा मंगलबार बुटवल उपमहानगरपालिका वडा नंं. ११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा बिहान मृत्यु भएको हो । उनी मधुमेहको दीर्घरोगी थिइन् ।
सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा मंगलबार बिहान सवा ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे ।











