काठमाडौँ । बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ५६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
इटहरी सुनसरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे मृत्यु भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिएका छन् ।
गत कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल भर्ना भएका उक्त संक्रमित दीर्घ रोगी थिए ।











