४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील नेपाली दल र साझा पार्टी एकताको खाका तयार



अ+ अ-

काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ दुबै पार्टीका प्रमुखहरुलाई बुझाएको छ । 

समितिले गतअसोज २९ गते साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो।

एकताबारेको प्रतिबेदन मंगलबार साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघिय रकेन्द्रीय समितिमा प्रस्तुत गर्नुभएको छ ।

सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता, समतामूलक संवृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका दुई दल  एक हुदा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका रूपमा हेर्ने जनाएको छ ।

दुबैदलले विगतमा भएका आफ्ना कमजोरीलाई स्विकार्दै तथा जनभावनाको कदर गर्दै २०७७ असार ३१ गतेदेखि एकीकरण वार्ता शुरू गरेका थिए।

उक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय र सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ–आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउने जनाएका छन् ।

 दुबै दलले वार्ता प्रक्रियामा साथ र सहयोग दिनुहुने पार्टी नेत्रित्वका साथै वार्ताको माहौल बनाउन सकारात्मक भुमिका खेल्नुहुने दुवै पार्टीका सदस्य पङ्तीलाई हामी धन्यवाद  दिएको छ  । 

दुवै पार्टीका समर्थक, शुभचिन्तक  तथा बैकल्पिक राजनीति प्रति भरोसा राख्ने तमाम नेपाली नागरिकप्रति आभार प्रकट  गरेको छ ।

एकिकरण अभियानका लागि विवेकशील नेपाली दलले निर्देश सिलवाल र साझा पार्टीका तर्फ बाट समीक्षा बास्कोटा संवाद समिति संयोजक तोकिनु भएको थियो ।