१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत एकजना कोरोना संक्रमित मृत्यु भएको छ । पोखरा महानगरपालिका–२२ का ४४ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ ।

मृतक पुरुषको सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए ।

गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।