काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ७ सय २ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४३१ , ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना रहेका छन् ।
योसहित उपत्यकामा संक्रमितको संख्या ५८ हजार २ सय ४१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।











