१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौँमा तीन ठाँउमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन

काठमाडौँमा तीन ठाँउमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले गर्ने सडक प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित बन्न पुगेको छ ।

एमालेले आज राष्ट्रिय सद्भाव कायम गर्न भन्दै दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ । सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायत अन्य वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

यो बाहेक माइतीघर मण्डलामा सहकारी पीडित र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले कोटेश्वर र ललितपुरको सिमानास्थित बालकुमारीमा कार्यक्रम गर्दै छन् ।

ट्राफिक व्यवस्थापनका लागी काठमाडौँको ११३ स्थानमा डाइभर्सन प्वाइन्ट राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी उमा प्रसाद चतुर्वेदीले जानकारी दिए । ३ ठाउँको कार्यक्रमको ट्राफिक व्यवस्थापनका लागि ६४४ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

दरबारमार्ग क्षेत्रमा प्रवेश गर्न खोज्ने सवारी साधनलाई ट्राफिक प्रहरीले बिहानैदेखि केशरमहल, महेन्द्र सालिक र जयनेपाल चोकबाट डाइभर्सन गरेको छ । दरबारमार्ग क्षेत्रमा सवारी प्रवेशमा रोक लगाइएको छ ।