९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आराध्याको बर्थडे सेलिब्रेशनमा देखिएनन् अभिषेक बच्चन



अ+ अ-

एजेन्सी । डिभोर्सको खबरका बीच ऐश्वर्या राय बच्चनले छोरी आराध्याको जन्मदिन एक्लै मनाएकी छिन् ।

आफ्नो इन्स्टाग्राम ह्यान्डलमा केही तस्बिरहरू सेयर गर्दै ऐश्वर्याले छोरीलाई १३ वर्ष पूरा भएकोमा बधाई दिएकी छिन् । उनले सेयर गरेको तस्विरहरूमा बच्चन परिवारका कुनै सदस्य देखिएका छैनन् । आराध्याका बुवा अभिषेक बच्चन पनि देखिएका छैनन् ।

छोरीसँग बुबाको जन्मजयन्ती मनाइरहेको तस्बिर सेयर गर्दै ऐश्वर्याले लेखेकी छन्, ‘मेरो जीवनका दुई प्रेमी पापा र मेरी प्यारी आराध्यालाई जन्मदिनको शुभकामना । मेरो हृदय, मेरो आत्मा .. सधैंभरि।’

आराध्या नोभेम्बर १६ मा १३ वर्षकी भइन् तर ऐश्वर्याले २१ नोभेम्बर अर्थात् उनका बुवाको जन्मदिनमा छोरीलाई जन्मदिनको शुभकामना पोस्ट गरेकी हुन् ।