२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्दै



अ+ अ-

काठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् ।

‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा यही मङ्सिर २२ गते कन्सर्ट हुने भएको हो । कर्मा कीर्तिपुरमा स्थापना भएको ब्यान्ड हो । कुटुम्बसँग सहकार्य गरेर उक्त ब्यान्डले कीर्तिपुरवासीलाई सङ्गीतद्वारा मनोरञ्जन प्रदान गर्ने तयारी गरेको कर्मा ब्यान्डका गायक सुरेन्द्रमान सिंहले बताउनुभयो ।

आदि ग्रुप र एएसक्युको संयुक्त आयोजनामा कीर्तिपुरको ल्याबरोटरी विद्यालयको प्राङ्गणमा कन्सर्ट आयोजना गरिएको छ । कर्मा ब्यान्डको एकल प्रस्तुती सँगै कुटुम्बसित सहकार्य गरेर करिब आधा दर्जन गीत प्रस्तुत गरिने छन् । कार्यक्रममा विभिन्न जाति, समुदाय र विशेष गरी नेवार संस्कृति झल्किने नृत्य एवं झाँकी प्रस्तुत गरिने गायक सिंहले जानकारी दिनुभयो ।

कन्सर्टमा कर्मा ब्यान्डका गीतमा कुटुम्बको मौलिक धुन समावेश हुनेछ । ब्यान्डले ‘कहाँ होला घरबार’, ‘हुक्का मेरो डल्ले डल्ले’, ‘को हौ तिमी’, ‘मौनता’, ‘नयाँ सपना’, ‘यानीमाया’, ‘सुपारीदाना’ लगायत गीत प्रस्तुत गर्नेछ । कन्सर्टबाट प्राप्त रकम कीर्तिपुर नगरपालिकाको सामाजिक सेवा र विकासका काममा लगानी गरिने सिंहले जानकारी दिनुभयो ।