१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध

तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत

तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
अ अ+ अ-

घोराही । दाङको घोराही उपमहानगरपालिका– १३ डुम्मर गाउँका इन्द्रा बुढाको पेसा फूलखेती हो । उहाँले यो पेसा गर्न थालेको आठ वर्ष भयो । विगत लामो समयदेखि गर्दै आएको व्यवसायप्रति इन्द्रा खुसी हुनुहुन्छ । सुरुका दिनमा फूलको व्यावसायिक खेती गर्दा छिमेकीले फूल पनि बेच्ने भनेर गिज््याउने गरेको उहाँसँग अनुभव छ ।

“पछिल्लो समय स्थानीय उत्पादनलाई प्रयोग गर्नुपर्छ भन्नेको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “जसका कारण यसवर्ष फूलमाला बिक्री गर्न कुनै समस्या भएन ।” इन्द्राको बारीमा चाडपर्वको समयमा मात्रै नभइ अघिपछि पनि सयपत्रीको फूल फूलिरहेको हुन्छ । जिल्लामा हुने विभिन्न सभा, सम्मेलन, विद्यालयमा हुने कार्यक्रम लगायतमा पनि फूल लैजाने गरेको उहाँ बताउनुहुन्छ ।

उहाँ यस वर्षको तिहारमा मात्रै खर्च कटाएर रु पाँच लाख बचत गर्न सफल हुनुभएको छ । आठ हजार माला काठमाडौँ, स्याङजा, पोखरा, धनगढी, बुटवल पठाएकोे र धेरैजसो जिल्लामै बिक्री गर्ने गरेको इन्द्राले बताउनुभयो । फूलमाला टिप्दा, उन्दा आफ्ना आफन्तले सहयोग गर्ने भएकाले त्यति धेरै खर्च नहुने उहाँ बताउनुहुन्छ । उहाँले फूलखेतीबाट पनि यसरी पैसा कमाउन सकिएला भनेर आफूले सुरुवातका दिनमा नसोचेको बताउनुभयो ।

उहाँले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । “विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु, विशेषगरी तिहारलगायत चाडपर्वका बेलामा बढी माग हुन्छ”, उहाँले भन्नुभयो । यसपटक पनि राम्रो आम्दानी भयो, आगामी दिनमा अझै क्षेत्रफल बढाउने योजना उहाँको छ । लगानी पनि धेरै नलाग्ने र अन्य खेतीभन्दा धेरै मेहनत गर्न नपर्ने भएकाले फूलखेती राम्रो हुँदै गएको उहाँले बताउनुभयो । यस वर्षको तिहारमा रु १०० देखि २०० सम्म मालाको आकारअनुसार बिक्री गरेको इन्द्राले बताउनुभयो ।

“स्थानीय उत्पादनको प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएकाले बिक्रीमा समस्या छैन”, उहाँले भन्नुभयोे, “सयपत्रीको व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहज भयो, बजार राम्रो पायौंँ ।” बोटमा फूल फूल्ने क्रम जारी रहेको र मङ्सिरको महिनाभर उत्पादन लिन सकिने उहाँले बताउनुभयो ।

इन्द्रा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै गए पनि यसको माग पनि उत्तिकै बढेकाले बजारीकरणको समस्या नहुने बताउनुहुन्छ । आजभोलि विवाहलगायत अन्य कार्यक्रमका लागि पनि मागका आधारमा माला बनाउने गरेको उहाँ बताउनुहुन्छ ।

सरकारी स्तरबाट पनि फूलखेती गर्न चाहाने किसानलाई तालिमलगायत अन्य कृषि औजार, अनुदानका कार्यक्रम ल्याएमा अझ सहज हुने उहाँले बताउनुभयो । साथै प्लास्टिकजन्य मालालाई पनि पूर्ण रुपमा प्रतिबन्ध लगाउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । पहिलेको तूलनामा केही परिवर्तन भए पनि अझ पर्याप्त नभएको उहाँको भनाइ छ । रासस