५ पुष २०८२, शनिबार
,
Latest
प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिस्नेरी पहिरोमा ज्यान गुमाएका खेलाडीका परिवारद्वारा एन्फा कम्प्लेक्समा धर्ना



अ+ अ-

काठमाडौं । सिस्नेरीको पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका खेलाडीका परिवारले एन्फा कम्प्लेक्समा धर्ना दिएका छन् ।

गत १२ असोजमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थिति वत्सला माविमा रहेको एन्फाको तालिम केन्द्रमा पहिरोमा परी ६ जना किशोर खेलाडीले ज्यान गुमाएका थिए । एन्फाले सो घटनालाई गम्भीरतापूर्वक नलिएको र गैरजिम्मेवारीपूर्वक रुपमा प्रस्तुत भएको भन्दै उच्चस्तरीय छानबिन समितिको माग राख्दै अभिभावकहरुले धर्ना दिएका हुन् ।

घटनामा हेटौँडाका अनुपम घलान, बाराको निजगढका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य, सर्लाहीका आदित्य बलमपाकी र साइमन योन्जनको मृत्यु भएको थियो ।

एन्फाले पीडित परिवारलाई ८ लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो । तर, पीडितहरूले आर्थिक सहायताभन्दा पनि घटनाको यथार्थ बाहिर ल्याएर दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै आईरहेका छन् ।