९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइल फोन नेपालमा सबैभन्दा धेरै आयात



अ+ अ-

काठमाडौँ । यसअघि सबैभन्दा धेरै आयात हुने डिजेललाई समेत उछिन्दै मोबाइल फोन नेपालमा सबैभन्दा धेरै आयात हुने सूचीको शीर्ष स्थानमा परेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामै नेपालमा ११ अर्ब रुपियाँभन्दा बढीको मोबाइल फोन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । बढ्दो अनलाइन पढाइ तथा चाडपर्वको माहोलसँगै असोजसम्म १५ लाख दुई हजार थान मोबाइल फोन आयात भएको तथ्याङ्कले देखाएको छ । सीमित अन्तर्राष्ट्रिय व्यापारका कारण कम भएको मोबाइल फोनको आयात चालू आवको तीन महिनामा भने ह्वात्तै बढेको हो ।
सामुदायिक तथा निजी विद्यालयले अनलाइन शिक्षा प्रणाली कार्यान्वयनमा ल्याएपछि मोबाइल फोनको बजार पनि फस्टाएको देखिन्छ । आयातको सूचीमा मोबाइल फोनपछि अर्धप्रशोधित फलाम तथा स्टिल छ । साउनदेखि असोजसम्म यी वस्तुको आयात नौ अर्ब ८५ करोड रुपियाँ नाघेको छ । त्यसपछि आठ अर्ब ९६ करोड रुपियाँको डिजेल आयात भएको छ भने कच्चा सोयाबिनको आयात सात अर्ब १६ करोड रुपियाँ पुगेको छ । त्यसपछि शीर्ष पाँचमा चामल रहेको छ, जुन छ अर्ब ९९ करोड रुपियाँको आयात भएको देखिन्छ ।

निर्यात बढ्यो, आयात घट्यो
अन्तर्राष्ट्रिय व्यापारमा फेरिएको पछिल्लो प्रवृत्ति चालू आवका तीन महिनामा पनि कायम छ । निर्यात गत आवको सोही अवधिको तुलनामा १४.२८ प्रतिशतले बढेर ३१ अर्ब नाघेको छ । यसबीचमा मुख्य रूपमा तयारी सोयाबिन तेल, कालो चिया, अलैँची, गलैँचा र धागोको निर्यात भएको देखिन्छ । कुल निर्यातमध्ये यी वस्तुको निर्यात मात्र करिब १३ अर्ब रुपियाँको छ ।
आयात १२.७४ प्रतिशतले घटेर दुई खर्ब ९२ करोड रुपियाँ पुगेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापारको आकार तीन अर्ब २३ करोड रुपियाँ नाघेको छ । यो अघिल्लो आवको असोजसम्मको तुलनामा १०.७१ प्रतिशतले कम हो ।
आयातमा भएको गिरावट र निर्यातमा देखिएको सुधारले व्यापार घाटा खुम्चाएको छ । तीन महिनासम्म व्यापार घाटा दुई खर्ब ६१ अर्ब रुपियाँ पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा १५.१३ प्रतिशतले कम हो ।  गोरखापत्र दैनिक