२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूलपानी क्रिकेट मैदान निर्माणमा अनियमितता गर्नेलाई नछाड्ने राप्रपाको युवा संगठनका अध्यक्ष सुजितकाे चेतावनी



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका अध्यक्ष सुजित केसीले काठमाडौंको मूलपानी क्रिकेट मैदान निर्माणका क्रममा ठूलो अनियमिता र भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

केसीले खेलाडीहरु विदेशमा देशको झन्डा फहराएर देशको इन्जत राख्ने तर भ्रष्ट दलालहरु मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा अनियमितता र भ्रष्टाचार गर्ने ? भन्दै प्रश्न गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत् अनियमितताका विषयमा युवाहरुले विरोध र ध्यानकर्षण गराउँदा दबाब दिने, प्रलोभनमा पार्न खोज्ने भ्रष्टाचारी दलालहरुलाई नछाड्ने चेतावनीसमेत दिएका छन् ।

केसीले सामाजिक सञ्जालमा मूलपानी मैदानका केही फोटोसमेत पोस्ट गरेर लेखेका छन्–

खेलाडीहरु विदेशमा देशको झण्डा फराएर देशको ईज्जत राख्ने तर भ्रष्ट दलालहरु मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको क्रममा अनियमितता र भ्रष्टाचार गर्ने ?

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएका अनियमितता यसप्रकारका छन ।

–  मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि खेलाडीहरूको होस्टेल निर्माणका लागि काठमाडौँ महानगरपालिकाले दिएको १ करोड रुपैयाँ अनुदान दुरुपयोग गरेको ।

– MCC प्रतियोजनाको ठेकेदार कम्पनीलाई रंगशालाको जग्गा खेलकुद परिषदको मास्टर प्लान र कानुन विपरित भाडामा दिएको ।

– निर्माण गरिएको संरचना अलपत्र रहेको, निर्माण भइसकेको भनिएको भवनसमेत ध्वस्त अवस्थामा रहेको ।

– रंगशालाको सम्पूर्ण जग्गा सीमाङ्कन विवाद यथावत रहेको…।

– सरकारी स्रोत र बजेटको दुरुपयोग गरेको र जसले गर्दा रंगशालाको विकासमा गम्भीर बाधा पुर्‍याएको लगायतमा प्रत्यक्ष र परोक्ष रुपमा संलग्न रहेकाहरु विरुद्ध अब हामी सबै युवाहरु एकबद्ध भएर लाग्नुपर्ने दिन आएको छ

मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको अनियमितताका विषयमा युवाहरुले विरोध र ध्यानकर्षण गराउदा दबाब दिने, प्रलोभनमा पार्न खोज्ने भ्रष्टाचारी दलालहरु होसियार…।

खबरदार ! भ्रष्टाचारीहरुलाई हामी छोड्ने छैनौं ।